काठमाडौं (अस) । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई सम्मान गरेको छ । संस्था स्थापनाको २८औं वर्ष प्रवेशको अवसरमा मंगलवार स्रष्टाहरूलाई सम्मान गरिएको हो ।
लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूँछेबहादुर डंगोललाई प्रदान गरिएको छ । सम्मानित तीन स्रष्टा ज्येष्ठ नागरिक समेत हुन् ।
समारोहमा प्रा.डा. उषा ठाकुर र साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरीले संयुक्त रूपमा तीन स्रष्टाहरूलाई नगद जनही १ लाख ५१ हजार र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । संस्थाले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । हालसम्म संस्थाबाट १०० भन्दा बढी स्रष्टाले सम्मान पाएका छन् ।
काठमाडौँ – लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका आठ व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ। २६ वर्षदेखि निरन्तर प्रदान गर्दै आएका यी सम्मान साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरी तथा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति एवं यस कलामन्दिरका सदस्य संगीतकार रायनले संयुक्त रूपमा प्रदान गरेका छन्। यस क्रममा नेपाली वैज्ञानिक महावीर पुनआबद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गंगादेवी चौधरी […]