मोरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान १५ की ४० वर्षीया महिलाको बुधबार बिहान करिब ९ बजे उपचारका क्रममा मृत्यु भएको हो। मृगौला सम्बन्धी समस्याबाट पीडित महिलामा असार ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले जानकारी दिए। संक्रमण पुष्टि […]