धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनका अनुसार ती महिलाको शनिबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।