अमेरिकाले ताइवानी सीमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई चेतावनी दिएको छ ।
विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अहिलेको सैन्य अभ्यास रोक्न र अबका दिनमा थप तनाव बढाउने काम नगर्न चेतावनी दिनुभएको हो । उहाँले तनावले चीन तथा यस क्षेत्रका कसैको पनि हित नहुने बताउनुभयो । साथै उहाँले अमेरिका अहिले पनि एक चीन नीतिको पक्षमा रहेको दोहोर्याउनुभएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले पनि चीनसँग तनाव बढाउने पक्षमा नरहेको जनाएको छ । तर चीनले पछिल्लो परिस्थितिका लागि अमेरिका दोषी रहेको र सैन्य गतिविधि आवश्यक भएको समेत जनाएको...