नेपालको विभागले अमेरिका र बेलायत लगायतका ६७ मुलुकबाट आउनेलाई अनिवार्य आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टीनको नियम ल्याएकोमा एकदिन नहुँदै उक्त नियम स्थगनको घोषणा गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुशार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी अध्यागमन विभागलाई जानकारी गराएपछि सात दिने होटल क्वारेन्टीनको नियम ल्याइएको थियो । अफ्रिकी मुलुकहरुमा देखा परेको कोरोनाको नयाँ […]