लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा लुम्बिनी विकास कोषको आलोचना हुँदै आएको थियो ।आजै मात्र गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा राखिएका बस सञ्चालन गर्न निर्देशन दिए । पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई उनले भोलि बिहान साढे ९ बजे सर्वपक्षीय बैठक बोलाई ११ बजेभित्र बस सञ्चालनसम्बन्धी निर्णय लिन कडा निर्देशन दिएका हुन् ।ग