६८३ मेवा क्षमताको सुनकोशी–तेस्रोको वातावरणीय प्रभाव मूल्यांकन गर्ने तयारी

असोज १०, काभ्रेपलाञ्चोक । सुनकोशी–तेस्रो (६८३ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को तयारी थालिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको विद्युत् विकास विभागले आइतवारदेखि आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार ओटा जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम राखेको छ ।            काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा संस्थालाई आ–आफ्नो राय–सुझाव दिन आग्रह गरिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । कोरोनाको जोखिमका कारण अध्ययनको काम प्रभावित बन्दै वातावरणीय प्रभाव मूल्याङ्कनको काम धकेलिंदै आएको थियो । यसअन्तर्गत स्थानीयस्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ । विभागका अनुसार आयोजनाको प्राविधिकतर्फको अध्ययन सकिएको छ ।            आयोजनाको प्राविधिकतर्फको सर्भे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जीनियरिङ डिजाइनको काम सकिएको विभागका इञ्जीनियर सुवास थपलियाले जानकारी दिए । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टीओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको हो । सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने÷नहुने निक्र्योल नभएका कारण सरकारले अध्ययनबाहेकमा थप बजेट विनियोजन गरेको थिएन ।            एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी–तेस्रोको टिओआर भने विसं २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्भेसम्मको काम सकिएको उल्लेख गरिएको छ ।  आयोजनाको प्रक्रिया अघि बढाउन गत भदौ २९ गते नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले सुनकोशी तेस्रो निर्माण गर्न दिने प्रस्ताव अनुमोदन भएको हो ।            यसका साथै उक्त बैठकले ६०० मेगावाटको खिम्ती शिवालय जलविद्युत् आयोजना निर्माणका लागि बङ्गलादेशलाई प्रस्ताव गरिएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटवालले जानकारी दिए ।        नेपालबाट बङ्गलादेशसँग विद्युत् व्यापार गर्नसमेत आवश्यक तयारीका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ । दुई देश बीच सन् २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएपछि बङ्गलादेशले नेपालसँग एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गर्दै आएको बताइएको छ । हाल विद्युत् विकास विभागद्वारा विभिन्न चरणमा अध्ययन भइरहेको सुनकोशी तेस्रो आयोजनालाई बङ्गलादेशले सरकारले संयुक्त लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढेको हो ।            परियोजनाअन्तर्गत सुनकोसी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । विभागले सुनकोसी तेस्रो र सुनकोसी दोस्रो आयोजनाको अध्ययनका लागि १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । दुवै आयोजना अध्ययनको काम सक्न३३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाका लागि लुभुघाटस्थित नदीमा करीब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाटनजिक निर्माण गरिने विद्युतगृहमा लगिनेछ भने लगभग ५३६ मेगावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।            काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युतगृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्नेछ ।  सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका) ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । उसले नेपालमा अध्ययन गरेका १० ओटा उत्कृष्ट जलाशययुक्त विद्युतमध्ये सुनकोशी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (२ दशमलव ४ मेगावाट क्षमता) निर्माणपश्चात प्रस्तावित सुनकोसी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ । प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौंबाट ६० किलोमिटरको दूरीमा छ ।            आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने तयारी भइरहेको विभागले बताएको छ । आयोजना बन्दा माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना देखिएको छ । रासस

सम्बन्धित सामग्री

दाङमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिँदै

काठमाडौं । दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरिने भएको छ । इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ । प्राकृतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक र भौगोलिक अवस्थाको अध्ययन गर्ने गरी आह्वान गरिएको इन्जिनियर मुरारी भण्डारीले जानकारी दिनुभयो । ३ हजार २ सय मिटर लम्बाइ […]

किमाथांका अरुणको वातावरणीय प्रभाव मूल्यांंकन सम्पन्न

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निमार्ण हुन लागेको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका अरुणको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय खाँदबारीमा प्रभावित क्षेत्र,सरोकारवाला निकाय र स्थानीय बीच वातावरणीय प्रभाव मूल्यांकनको ’boutमा छलफल गरिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययनले सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामािजक एवं सांस्कृतिक […] The post किमाथांका अरुणको वातावरणीय प्रभाव मूल्यांंकन सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लमजुङ-मनाङ सडक वातावरणीय प्रभाव मूल्यांकन गरिने

बहुवर्षीय योजना अन्तर्गत विनियोजित बजेटबाट समयमै काम गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकनसँगै ठेक्का सम्झौता कार्यलाई पनि गति दिने निर्णय भएको छ । लमजुङ-मनाङ सडकअन्तर्गत मस्र्याङ्दीको टारीकुनादेखि मनाङ सदरमुकाम चामेसम्मको सडक खण्डको वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रक्रिया अघि बढ्ने भएको । मस्र्याङ्दी गाउँपालिका–३, टारीकुनादेखि चामेसम्मको ५०.६१ किलो मिटर सडक स्तरोन्नतीका लागि वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया सुरु […]

अब ५० किलोमिटरसम्मको सडक स्तरोन्नति गर्न ‘इआइए’ गर्न नपर्ने

५० किलोमिटरसम्मको राष्ट्रिय राजमार्ग तथा सहायक सडक स्तरोन्नति गर्न प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) गरे पुग्ने भएको छ। ५० किलोमिटरभन्दा माथिका राजमार्ग तथा सहायक सडक स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए)...

दोधारा चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन सुरु

दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकीको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने आशा गरिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्न लागिएको हो।...

दोधारा चाँदनीमा एकीकृत चौकी निर्माणको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन

दोधारा चाँदनी सुख्खा बन्दरगाह एकीकृत चौकी निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ र ३ को क्षेत्रमा फैलिने गरी प्रस्ताव गरिएको एकीकृत जाँच चौकीको निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययन थालिएको हो ।

वातावरणीय प्रभाव मूल्यांकन नगर्दा काम प्रभावित

सात स्थानीय तह रहेको डडेल्धुरामा वातावरणीय प्रभाव मूल्यांकन नगर्दा विकासका काम प्रभावित भएका छन् ।

अधिकांश होटलले गरेका छैनन् वातावरणीय प्रभाव मूल्यांकन

अधिकांश ठूला तारे होटल तथा रिसोर्टले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेको पाइएको छ। जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेका होटललाई कारवाही गर्न थालेपछि सो कुराको खुलासा भएको हो। ‘वातावरण संरक्षण ऐन, २०५३’ र ‘वातावरण संरक्षण नियमावली २०५४’ अनुसार होटल सञ्चालन गर्दा अनिवार्य रूपमा इआइए प्रतिवेदन तयार पारी जनसंख्या तथा वातावरण…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार

सरकारले ८० वर्ग किलो मिटर क्षेत्रमा निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन