खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिका ३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला पर्नुभएको छ ।
गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीया विश्वकर्मा आज बिहीवार बिहान मृत फेला पर्नुभएको हो । मङ्गलवार माइतीतर्फका हजुरबाको निधन भएपछि माइतीघर पुग्नुभएकी विश्वकर्मा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
बुधवार राति मेनुजा बहिनी र दुई छोरीसहित माइतीघरमा सुत्नुभएको थियो । रातको २ बजे शौलाचय गएर आएप...