काठमाडौं– काठमाडौंमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज बिहानैदेखी उपत्यका क्षेत्रमा वर्षा भएको हो। हालै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज देशभर आंशिक बदली रहेको महाशाखाले जनाएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी