काठमाडौं: मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको छ।हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि विस्तृत विवरण प्राप्त नभएको पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले थाहाखबरलाई जानकारी दिए।हिमपहिरो गएको पुष्टि गरे पनि अहिले त्यहाँ रहेका व्यक्तिसँग सम्पर्क हुन नसकेको उनको भनाई छ। हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट कैलाश एयरको हेलिकप्टर सामागाउँ पुगेको छ।सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो। अहिले मनास्लु आधार शिविरक