इटहरीमा पाँचतले प्रशासनिक भवनको शिलान्यास

सुनसरी (अस) । सुनसरीको इटहरी उपमहानगरपालिकामा लिफ्टसहितको पाँचतले प्रशासनिक भवन बन्ने भएको छ । अपांगतामैत्री भवनको निर्माण २०८० असारमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । प्रशासनिक भवनको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । १२ करोड ७२ लाख ५८ हजार ७ रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने भवनमा सोधपुछ शाखा, जिन्सी शाखा, प्रशासनिक तथा अन्य शाखाहरू, शाखा प्रमुखहरूको कार्यकक्ष अपाङ्गतामैत्री शौचालयका साथै नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष रहनेछ । इटहरी उपमहानगरपालिका–६ उपमहानगरपालिका परिसरमा निर्माण गरिने प्रशासनिक भवन शिलान्यास कार्यक्रम वडा नं ६ का अध्यक्ष दीपक गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका इञ्जिनियर जीवन घिमीरेले प्रशासनिक भवनको संरचनाका विषयमा जानकारी गराएका थिए ।

सम्बन्धित सामग्री

मेयरका आमाबुबाले दान दिएको जग्गामा भंगहा नगरपालिका भवनको शिलान्यास

४ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । मेयर संजिव कुमार साहका बुबा अशेश्वर साह र आमा फुली सुँडीले दान गरेको जग्ग १० कठ्ठा १९ धुर जग्गामा भवनको शिलान्यास गरिएको हो । भंगहा नगरपालिका ५ सीतापुर स्थित सो जग्गामा बन्न लागेको भवनको आइतबार लोसपाका बरिष्ठ नेता तथा निवर्तमान श्रम तथा […]

तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्रको शिलान्यास

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडक मध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी […] The post तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्रको शिलान्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वीरेन्द्रनगरको एकीकृत प्रशासनिक भवनको शिलान्यास

कर्णाली – सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउन एकीकृत प्रशासनिक भवनको शिलान्यास गरिएको छ। नगर कार्यपालिका कार्यालय भवनको सोमबार कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेल, नगरप्रमुख मोहनमाया ढकाल र निवर्तमान नगरप्रमुख देवकुमार सुवेदीले संयुक्तरूपमा शुभारम्भ गरे। १० करोड ७१ लाख रुपौयाँ लागत अनुमान गरिएको पाँचतले भवन लिफ्ट सुविधासहितको हुनेछ। सो अवसरमा नगरप्रमुख ढकालले […]

गाउँपालिकाका अध्यक्षको पहिलो काम प्रशासनिक भवनको शिलान्यास

सिमकोट – सबै भन्दा पछि पदभार ग्रहण गरेका चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले पदभार ग्रहण गरे लगत्तै पहिलो काम प्रशासनीक भवनका शिलान्यास गरेका छन्। साधन श्रोत जुटाउदै गाउँपालिकाको प्रशासनीक भवन निर्माण कार्य अगाडी बढाउन शिलान्यास गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु शाहीले भवन निर्माणका लागि दुुई वटा विकल्प देखिएपछि नयाँ प्रशासकीय भवनको नवनिर्वाचित […]

चंखेलीका नवनिर्वाचित अध्यक्ष शाहीको पहिलो योजना : गाउँपालिकाकाे आफ्नै भवन बनाउने

हुम्लाको चंखेली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्यारीलाल शाहीले पालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका छन्। आफ्नो पहिलो योजनाअनुसार उनले पदभार ग्रहण गरेसँगै गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका हुन्। यसअघि गाउँपालिका कार्यालय भाडाको...

सखुवा प्रसौनी गाउँपालिकाको एउटै भवन दुई ठाउँमा शिलान्यास !

१४ चैत, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको प्रशासनिक भवनको दुई ठाउँमा शिलान्यास गरिएको छ । अध्यक्ष प्रदीप कुमार जयसवाल र उपाध्यक्ष फूलमती देवी थरुइनले छुट्टाछुट्टै स्थानमा कार्यालय भवनको शिलान्यास गरेका हुन् । अध्यक्ष जयसवालले सखुवाप्रसौनी– २ पंचगावा बजार नजिकैको ९ कट्ठा २ धुर जग्गामा र उपाध्यक्ष थरुइनले सखुवाप्रसौनी–२ औराहा पँचगावास्थित पुरानो आर्मी बेस क्याम्प […]

भरतपुर महानगरपालिका भवनको प्रचण्डले शिलान्यास गर्ने

१०, चैत, चितवन । निर्वाचन क्षेत्रको विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गर्ने भएका छन् । महानगरपालिकाका अनुसार शुक्रबार विहान ११ बजे उनले महानगरको नयाँ बन्ने भवनको शिलान्यास गर्न लागेका हुन् । अहिले भएको भवनको पूर्वतर्फको खाली ठाउँमा महानगरले प्रशासनिक भवन बनाउन बोलपत्र […]

निर्वाचन नजिकिएपछि नगरपालिकाको प्रशासनिक भवन शिलान्यास

जनकपुरधाम – कार्यकाल सम्पन्न हुन लाग्दा महोत्तरीको एक नगरपालिकाले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेको छ। सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरिसकेपछि महोत्तरीको बलवा नगरपालिकाले आफ्नो प्रशासनिक भवन बनाउनेतर्फ अग्रसर भएको हो। बलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादवले नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि वडा नं. ५ मा शिलान्यास गरेका छन्।नगरपालिकाको […]

इटहरीमा लिफ्टसहितको अपांग मैत्री प्रशासनिक भवनको शिलान्यास

फागुन २, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा पाँच तलाको लिफ्ट सहितको प्रशासनिक भवन बन्ने भएको छ ।  अपांग मैत्री उक्त भवनको २०८० साल असार महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको छ । प्रशासनिक भवनको एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।  १२ करोड ७२ लाख ५८ हजार ७ रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने भवनमा सोधपुछ शाखा, जिन्सी शाखा, प्रशासनिक तथा अन्य शाखाहरु शाखा प्रमुखहरुको कार्यकक्ष अपांग मैत्री शौचालय नगरप्रमुख, उपप्रमुखको कार्यकक्ष समेत रहने भवनमा लिफ्टको सुविधा समेत रहेको जानकारी दिएको छ ।  इटहरी उपमहानगरपालिका वडा नम्बर ६, उपमहानगरपालिका परिषरमै निर्माण गरिने प्रशासनिक भवन शिलान्यास कार्यक्रम वडा नम्बर ६ का वडाध्यक्ष दिपक गौतमको अध्यक्षता तथा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका इञ्जीनियर जीवन घिमिरेले प्रशासनिक भवनको संरचनाका विषयमा जानकारी गराएका थिए । शिलान्यास कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, प्रदेश नम्बर १ प्रदेश सभा सदस्य सर्वध्वज सावा, एमाले केन्द्रीय सदस्य अमृता सुब्बा, एमाले नगर अध्यक्ष याम सुब्बा लगायतको सहभागिता रहेको थियो ।

भीमदत्त नगरपालिकाको मुख्य प्रशासनीक भवनको शिलान्यास

जेठ १६, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य प्रशासनिक भवन शिलान्यास गरिएको छ । शनिवार गणतन्त्र दिवसको अवसरमा नगर प्रमुख सुरेन्द्र विष्टले मुख्य प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । नगरपालिकाले नगरवासीलाई एउटै छानामुनीबाट सेवा दिन नयाँ भवन निर्माण कार्य थालेको हो ।  ३१ करोड ९७ हजार ६०० कुल अनुमानित लागत रहेको उक्त प्रशासनिक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाका ईन्जिनियर हिमालय सिंह ऐरले दुई वर्षमा सक्ने गरि चार तले भवनको शिलान्यास गरिएको बताए ।  उनका अनुसार भवनमा अत्याधुनिक सेवा सुविधा रहने गरि निर्माण गरिने छ । भवनमा १० ओटा मिटिङ हल, नगर प्रमुख तथा उप प्रमुख कक्ष, शाखा कार्यालय कक्षहरु, प्रशासनीक कक्ष लगायतको संरचना बन्नेछन् । चार तले भवनमा लिफ्टको समेत व्यवस्था हुनेछ । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा संघिय सरकारले १८ लाख बजेट विनियोजन गरेको छ । भने थप बजेटका लागि प्रतिवद्धता जनाएको छ । अपुग बजेट नगरपालिकाले विनियोजन नगरपालिकाका प्रशासकीय  अधिकृत पुस्कर भट्टले बताए ।  उनका अनुसार हाल छुट्टाछुट्टै भवन शाखाहरु सञ्चालन भईरहेकाले एउटै भवनबाट नगरवासीलाई सेवा दिने निर्माण कार्य शुरु गरिए हो । अहिले करीब १०० भन्दाबढी कर्मचारी रहेको मुख्य प्रशासनिक कार्यायलमा ठाउँ अभाव रहेको छ । भवन निर्माण भएपछि एउटै भवनबाट सबै किसिमका सेवाहरु प्रदान गरिने भएकाले सेवाग्राहीलाई सहज हुनेछ  । नगर प्रमुख सुरेन्द्र विष्टले कार्यायललाई थप व्यवस्थीत बनाउन मुख्य प्रशासनिक भवन निर्माण गरिन लागेको बताए । उनले नगरपालिकाले  बलियो भौतिक पुर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको बताए । हाल सबै वडामा वडा कार्यालय  भवन निर्माण गरिएको र केहिमा निर्माण पक्रिया अघि बढेको बताउँदै नगर प्रमुख विष्टले भने ‘हामीले अबको २५ वर्षपछिको अवस्थालाई मध्य नजर गरेर काम गरिरहेको छौँ, भीमदत्तलाई उप–महानगर तथा महानगरको आवश्यकता अनुसारका भौतिक पुर्वाधार निर्माण काम भइरहेको छ’ उनले भने । नगरपालिकाले २५ वर्षे गुरु योजना बनाएर काम गरिरहेको छ । गणतन्त्र दिवसको अवसर पारि गरिएको शिलान्यास कार्यलाई समयमै सम्पन्न गर्न निर्माण व्यवसायीले नगर प्रमुख विष्टले निर्देशन समेत दिएका छन् ।  त्यस्तै उप–प्रमुख शुसिला चन्द सिंहले पनि नमूना प्रशासनिक भवन बनाउने एतिहासिक कार्यको शिलान्यास गरिनु नगरवासीका लागि खुसीको कुरा भएको बताइन् । उनले नगरपालिकाले समयमै निर्माण सम्पन्न गर्न नियमित रुपमा अनुगमन र निर्देशन दिने बताइन् । नगरपालिकाले समृद्ध नगरको परिकल्पनासहित विकास निर्माण कार्यलाई अगाडी बढाइरहेको उनको भनाइ छ ।  त्यस्तै, निर्माण व्यवसायी धर्मराज जोशीले समयमै निर्माण कार्य सम्पन्न गरि सक्ने दाबी गरे । उनले  निर्माण सामाग्रीको अभाव नरहेमा समयावधि अगाडी नै भवन निर्माण कार्य सक्ने बताए ।