कर्णाली – सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउन एकीकृत प्रशासनिक भवनको शिलान्यास गरिएको छ। नगर कार्यपालिका कार्यालय भवनको सोमबार कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेल, नगरप्रमुख मोहनमाया ढकाल र निवर्तमान नगरप्रमुख देवकुमार सुवेदीले संयुक्तरूपमा शुभारम्भ गरे। १० करोड ७१ लाख रुपौयाँ लागत अनुमान गरिएको पाँचतले भवन लिफ्ट सुविधासहितको हुनेछ। सो अवसरमा नगरप्रमुख ढकालले […]