लमजुङ – निरन्तरको वर्षका कारण डुम्रेदेखि लमजुङ सदरमुकाम बेसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने डुम्रे-बेसीसहर-चामे सडक अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको भीषण वर्षाका कारण आएको बाढीपहिरोले ठाउँठाउँको सडक पहिरोले पुरेको छ। बेसीसहर नगरपालिका-६,उत्तीसघारीको खरखरेमा पहिरो गएको छ। खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ। पहिरोले मर्स्याङ्दीको शीरचौर र मनाङको […]