धनगढी : सुदूरपश्चिमबाट पुनः श्रमस्वीकृति लिनेको संख्या ह्वात्तै घटेको छ। सुदूरपश्रिम प्रदेशका सबै जिल्लाहरु हेर्नेगरी सुदूरको अस्थायी मुकाम धनगढीमा २०७५ सालमा श्रम तथा रोजगार कार्यालय स्थापना भयो। तर हाल उक्त कार्यालयबाट सेवा लिने सेवाग्राही घटेका छन्। अचेल अनलाइन तथा प्रविधिको प्रयोग बढेसँगै लिखित रुपमा हुने गरेका काम ठप्प भएका छन्। सरकारले पनि अनलाइनबाटै फारम दर्ता गर्ने सुविधा प्रदान गरेकाले कार्यालयबाट स्वीकृति लिनेको संख्या घटेको कार्यालयका सूचना अधिकारी जय दे