चिटिक्क पोसाकमा सजिएका विद्यार्थी, पठन पाठनका लागि बिहानी कक्षदेखि दिउँसोको कक्षामा थेगी नसक्नु विद्यार्थीको भीड । अधिकांश सामुदायिक स्कुललाई विद्यार्थी जुटाउन ठुलै पापड बेल्नु परिरहेका बेला विराटनगरमा एउटा यस्तो सामुदायिक स्कुल छ, जहाँ भर्ना हुन प्रदेशका मन्त्रीदेखि सांसदको फोन लगाएर आउनेहरू धेरै छन् । सामुदायिक विद्यालय भए पनि पछिल्ला वर्ष पोखरिया माध्यमिक विद्यालयमा अभिभावक र विद्यार्थीको आर्कषण थेगिनसक्नुछ ।अङ्ग्रेजी माध्यमबाट पठन पाठन सुरु भएयताका दिनमा विद्यार्थी अभावमा कहिले पोखरिया