लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने मुड बनाएका छन् । कांग्रेस प्रदेश पदाधिकारी, सरकारका मन्त्री र प्रदेशसभा सदस्यहरूसँगको छलफलपछि उनले राजीनामा दिने तयारी गरेका हुन् । अन्तिम निर्णयका लागि उनले बिहीबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेका छन् ।