सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र असारको तलब एकमुष्ट पठाउने अन्तिम तयारी गर्दै छ । सर्वाेच्च अदालतले अस्ति २८ गते अपराह्न प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अहिले संसद् सचिवालय हिसाब निकाल्न जुटेको छ । एक सांसदलाई मा