चैत २, काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सका नव निर्वाचित अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले बुधवार पद तथा गोपनियताको सपथ लिएकी छिन् ।
उनलाई बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । गत फागुन २९ गते सम्पन्न कम्पनीको ३३ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा उनलाई सर्व सम्मतिवाट अध्यक्षमा पुन : निर्वाचित गरेको थियो ।
साथै सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई जना गरी पाँच जना सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ । संस्थापक समूहतर्फ प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादर पाँडे र कुशल मल्ली तथा सर्वसाधारण समूहबाट भवानी राणा र कुलदीप शरण सिंह सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् ।