काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाले अध्यक्ष उपाध्यायलाई पद तथा गोपनियताको सपथ गराएकी हुन्। सञ्चालक समितिको ५१८ औं बैठकले उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो। त्यस्तै […]