काठमाडौं (अस) । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले डिलर मिट सम्पन्न गरेको छ । एमएडब्लू वृद्धिले नेपालभरका आधिकारिक डिलरलाई उत्साहित गर्ने उद्देश्यले बुधबारदेखि शुक्रबारसम्म काठमाडौंमा डिलर मिट आयोजना गरेको हो ।
कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका थिए । कार्यक्रमको मुख्य उद्देश्य एमएडब्लू वृद्धि कमर्सियल भेहिकलमा आबद्ध व्यवसाय कसरी सुधार्ने भन्ने रहेको कम्पनीले बताएको छ । भेहिकल सेल्स हेड नवीन आचार्यले कम्पनीको आगामी पाँच वर्षमा आउने विभिन्न गाडी र अगाडि बढ्ने रणनीति विषयमा डिलर मिटमा सहभागीलाई जानकारी दिए । कम्पनीले सर्भिस सेन्टर विस्तार र गाडी बिक्रीपछि ग्राहकलाई सन्तुष्टि बनाउने सम्बन्धमा छलफल गरिएको बताएको छ ।