विराटनगर : नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका छन्।शनिबार विराटनगरमा एकीकृत समाजवादीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता राईले सांसदहरू सिद्धान्तमा अडिग रहेकाले गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका हुन्। नेकपा एमालेले सरकार टिकाउन सांसद किन्न विभिन्न प्रयास गरेको पनि उनको आरोप लगाए।‘सरकारमा बस्नेहरूले आफू जस्तै पैसामा मानिसलाई किन्न सकिन्छ कि भनेर कोसिस गर्दा पनि सिद