विराटनगर : अल्पमतमा परेका मुख्यमन्त्रीले पहिले विश्वासको मत लिनुपर्नेमा कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सांदहरूले जोड दिएका छन्।कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनीहरूले यस्तो बताएका हुन्।नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटअघि विश्वासको मत लिनुपर्नेमा जोड दिए। प्रदेशसभामै बजेट ल्याउनुपर्नेमा जोड दिँदै उनले अध्यादेशको बाटोमा नजान आग्रह समेत गरे।नेपाली काँग्रेसका