जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पार्टीमा एक अर्कालाई कारवाही गर्नु भनेको पार्टीका लागि दुर्भाग्य भएको बताएका छन् । शनिबार जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले सोही पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ सुक्लासहित लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यसैबीच अध्यक्ष ठाकुरले पनि अध्यक्ष उपेन्द्र यादवलगायतका नेतालाई कारवाही गर्ने तयारी गरिरहेका छन्