लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल एमसीसीको पक्षमा मतदान गर्ने भएको छ ।
लोसपा नेपालका सांसद लक्ष्मणलाल कर्ण एमसीसीको पक्षमा नै मतदान गर्ने बताएका हुन् ।
'हाम्रो पार्टीले औपचारिक रुपमा निर्णय नै भने गरेको छैन,' कर्णले लोकान्तरसँग भने, 'तर हाम्रो पार्टी एमसीसीको पक्षमा नै मतदान गर्ने कुरामा एक किसिमको सहमति भएको छ ।'
लोसपामा १३ जना सांसद छन् ।