टर्कीविरुद्धको खेलमा सहज जित निकाल्दै पोर्चुगल फिफा विश्वकप २०२२ को लागि छनोट नजिक पुगेको छ । कतार विश्वकप छनोट अन्तर्गतको प्ले अफको सेमिफाइनलमा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो ।घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले एक–एक गोल गरे । उता टर्कीका बुराक यिल्माजले एक गोल फर्काए । ओटाभियोले खेलको १५औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ओटाभियोको पासमा डिएगो जोटाले ४२औं मिनेटमा गोल गर्दै पोर्चुगलला