काठमाडौँ- बेलायतमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोन्सनको उत्तराधिकारीका रुपमा चयन गरेको छ। सोमवार दिउँसो ट्रसलाई उक्त पार्टीको नेता निर्वाचित गरिएको बिबिसीले जानकारी दिएको छ। ट्रस मंगलबार बेलायतको प्रधानमन्त्री नियुक्त हुनेछिन्। ४० वर्षमा मुद्रास्फिति सबैभन्दा उच्च रहेको बेलायतको कमजोर अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने चुनौती नयाँ प्रधानमन्त्रीलाई हुनेछ।