लिज ट्रस बन्ने भइन् बेलायतकी प्रधानमन्त्री

लिज ट्रस बेलायतको प्रधानमन्त्री हुने भएकी छन्।बेलायतको सत्तारुढ दल कन्जरवेटिभ पार्टीको नेतामा सोमबार जित हासिल गरेसँगै उनले प्रधानमन्त्री बोरिस जन्सनको ठाउँमा प्रधानमन्त्री हुने भएकी हुन्।बेलायतमा महँगी अकासिएको‚ औद्योगिक अव्यवस्था र मन्दी छाएको समयमा उनी प्रधानमन्त्रीको कुर्सीमा बस्न लागेकी छन्।ट्रस दलको नेता चुनिएपछि पार्टी नेतृत्त्वका लागि लामो समय चलेको होडबाजीको पटाक्षेप भएको छ। दलको नेतृत्त्वका लागि पूर्वअर्थमन्त्री रिषी सुनक र विदेशमन्त्री रहेकी ट्रसबीच तीव्र प्रतिस्पर्धा भएको थियो।

सम्बन्धित सामग्री

नियुक्त भएको ४५ दिन मै बेलयाती प्रधानमन्त्रीद्वारा राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्।बिहीवार एक सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्। नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरेकी छिन्। ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताएकी छन्।४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन्।उनी पछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए।तत्कालिन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनि बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू शुरू भएका थिए। त्यसबेला यता उनको कन्जरभेटिभ पार्टी भित्र उत्पन्न असन्तोषले पार्टीभरी नै आक्रोशको रूप लिएको थियो।बुधवार राती संसदको तल्लो सदन हाउस अफ कमन्समा फ्र्याकिङ भनिने तेल उत्खनन प्रकृया सम्बन्धी मतदानको क्रममा देखिएका नाटकीय दृश्यहरू पछि नै उनको राजीनामाको चर्चा उठेको थियो। त्यसपछि त्यस्तो माग झन झन चर्को हुँदै गएको थियो। प्रमुख विपक्षी दल लेबरका नेता किर स्टारमरले अब लिज ट्रसले राजीनामा दिएपछि देशमा नयाँ आम निर्वाचन हुनुपर्ने माग गरेका छन्।उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्। लिज ट्रसअघि यसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए। कन्जर्भेटिभ पार्टीमा उनीसँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनकलाई पछि पार्दै डेढ महिना अघि लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन्। उनले ५७ प्रतिशत मत पाउँदा सुनकले ४३ प्रतिशत मात्र मत पाएका थिए।