काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा, आज राति पूर्वमा सामान्य बदली हुन सक्ने अनुमान

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा भएको छ । आइतवार बिहानदेखि खुल्न थालेको मौसम अहिले देशभर नै सफा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँको मौसम सफा रहेको र आइतवार राति पूर्वमा सामान्य बदली हुन सक्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।  पश्चिमी वायुको प्रभावका कारण बिहीवारदेखि मौसम बदली भएको थियो । गएकाे शुक्रवार र शनिवार उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । शनिवार काठमाण्डौ उपत्यका वरपरका चन्द्रागिरि, फुल्चोकीसहित मकवानपुरको दामन र पालु...