अमेरिकी सहायता भन्नेबित्तिकै म युएसएडको उही ट्यागलाइन सम्झिन्छु। फ्रम दी अमेरिकन पिपल। अर्थात् अमेरिकी नागरिकहरूबाट (प्राप्त)। अझ भनौँ अमेरिकी करदाताहरूबाट प्राप्त।यो सहायता कसका लागि नि?टिनपट (ट्वाके) तानाशाहहरूको शासनको निरन्तरताका लागि? प्रजातन्त्र र मानवाधिकारलाई आफ्नो कृतदास सम्झने तथाकथित प्रजातान्त्रिक शासकहरूका लागि? पक्कै पनि होइन होला। एउटा प्रजातान्त्रिक अनि विश्वकै सम्वृद्धतम देशका नागरिकहरूले तिरेको करको अंश जम्मा गरी दिइने यो सहायता पक्कै पनि नेपाललगायत विभिन्न विकास