सल्यानमा सुनौलो हजार दिनका ६ सय आमालाई कुखुरा वितरण

सल्यान : त्रिवेणी गाउँपालिकाले ६०० गर्भवती र सुत्केरीलाई कुखुरा वितरण गरेको छ। बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनभित्रका आमालाई  कुखुरा वितरण गरिएको हो।पोषणमा सुधार ल्याउने उद्देश्यका साथ सुनौलो हजार दिनका आमाहरूका लागि पाँच -पाँचवटाका दरले कुखुरा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए। गर्भवती र सुत्केरी आमाहरू तथा बालबालिकाहरूलाई अण्डा खुवाउनु पोषणको महत्वपूर्ण तत्व भएकाले पोषणयुक्त खानेकुरामा ध्यान दिन सकून् भनेर कुखुरा

सम्बन्धित सामग्री

सल्यानमा गर्भवतीलाई कुखुरा वितरण

सल्यान : आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन भन्दै सल्यानमा गर्भवतीलाई कुखुरा वितरण गरिएको छ।कुपोषणको हटाउन र पोषणमा सुधार ल्याउन भन्दै जिल्लाको कपुरकोट गाउँपालिकाले कुखुरा वितरण गरेको हो। पालिकाभित्रका १६५ सुनौलो हजार दिनमा आमाहरूलाई हेम्सायर जातको कुखुरा वितरण गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ।गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई अन्य समयको तुलनामा पोषणको बढी आवश्यकता पर्छ।बालबालिकालाई अण्डा खुवाउनु पोषणको एउटा तत्त्व मात्र भए पनि योसँगै अन्य पोषणयुक्त खानेकुरामा पनि ध्यान द

अनुदानका भैँसी बेचेर कुखुरा खरिद

सल्यान : सल्यानमा सरकारी अनुदानको चरम दुरुपयोग भएको पाइएको छ। अनुदान पाएका कृषि फार्मले अनुदानको रकमबाट किनेका भैँसी बिक्री गरेको खुलासा भएको छ।पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट अनुदान पाएका शारदा नगरपालिका–५ मा रहेको छहरेखोला कृषि कम्पनी र सिद्धकुमाख गाउँपालिका–१ बाँझकाँडामा रहेको बस्नेत भैँसी फार्मले अनुदानको रकमबाट खरिद गरिएका भैँसी बिक्री गरेको पाइएको छ।पशु अस्पताल तथा पशुसेवा कार्यालयले दुई वर्षअघि भैँसीपालनका लागि रातामाटा छहरेखोला कृषि कम्पनी प्रालिलाई २० लाख रुपैयाँ अनुदान