सुदूरपश्चिम प्रदेशसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठक बुधबार चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी अनुपस्थित भएको हो ।बैठकमा प्रतिपक्षी दल जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य मालामती रानाको मात्र सहभागिता रहेको थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उनले सभामुखलाई सोधिन,‘प्रतिपक्षीको कुर्चि सबै खाली छ । म मात्र प्रतिपक्षमा बसेर बैठक चलिरहेको छ । सरकारस