गाउँमै मेवा खेतीमा रमाउँदा…

मन्थली, १५ साउन । कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै  मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन् । उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी लिइरहेका छन्  । उनको मेवा खेतीले यसवेला जिल्लामा निकै चर्चा […]

सम्बन्धित सामग्री

चार करोडको लगानीमा मेवा खेती

रामेछापको खाँडादेवी गाउँपालिका–८, गागलभदौरेस्थित कालेमानेका जनकलाल तामाङ मेवाको व्यावसायिक खेतीमा लाग्नुभएको छ । सात वर्षपछि दक्षिण कोरियाको रोजगारीबाट फर्केर मेवा खेतीमा लाग्नुभएको थियो । कोरियामा महिनाको साढे दुई लाख रुपियाँसम्म कमाउने उहाँ कोभिडका कारण नेपाल फर्केपछि भिसा नै रद्द भएको थियो । बेरोजगार भएपछि उहाँले खोजे जस्तो रोजगारी कतै पाउनुभएन । त्यसपछि उहाँले आफूसँग भएको केही रकम लगानी गरेर मेवा खेती सुरु गर्नुभएको थियो ।

तथ्यांकोवाच : रू. २० करोड बराबरको मेवा आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. २० करोड बराबरको मेवा आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा मेवा आयातको औसत वार्षिक वृद्धिदर करिब ३५ प्रतिशत रहेको छ । कृषि श्रमिकको कमी, मेवा खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा धेरै अनुदानयुक्त मुलुकको मेवा उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम मेवा उत्पादन हुन नसक्दा यसको आयातमा उच्च वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै मेवा उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर हुने निश्चित छ । यहाँ प्रस्तुत तथ्यांकले मेवा खेतीमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक देखिन्छ ।

मेवा खेतीमा युवा

वन विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेका छन् २५ वर्षीय सुशनसिंह केसीले । विषयअनुसार उनी कुनै वन संरक्षण क्षेत्रमा जुट्नु पर्ने हो तर मेवा खेतीमा लागेका छन् । गुल्मी मदाने गाउँपालिका–७ का सुशन अहिले भरतपुर–१८ गुञ्जनगरस्थित कृषि फार्ममा व्यस्त भेटिन्छन् । त्यहाँ तीन बिघा जमिन भाडामा लिएर उनले ४ जना साथीहरूसँग मिलेर मेवा खेती गरिरहेका छन् ।

फलफूलका बिरुवा वितरण गर्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले कृषकलाई व्यावसायिक फलफूल खेतीमा प्रोत्साहन गर्ने उद्देश्यका साथ मेवा, केरा, सजिउन तथा

‘रेड लेडी’ खेतीमा रमाउँदै पूर्वक्याम्पस प्रमुख सिलवाल

वीरगंज : क्याम्पस प्रमुखको पदबाट 'रिटायर' भएपछि उदय सिलवालसँग प्रसस्तै खाली समय थियो। तर उनी आफूलाई सधै व्यस्त राख्न चाहन्थे। अब के गर्न सकिन्छ भनेर सोच्दै गर्दा उनले मेवा खेतीको बारेमा सम्झे। मेवाको व्यावसायिक रुपमा खेती गर्न सकिए मनग्गै आम्दानी हुन्छ भन्ने उनले थाहा पाएका थिए। त्यसपछि उनी मेवा