तथ्यांकोवाच : रू. २० करोड बराबरको मेवा आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. २० करोड बराबरको मेवा आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा मेवा आयातको औसत वार्षिक वृद्धिदर करिब ३५ प्रतिशत रहेको छ । कृषि श्रमिकको कमी, मेवा खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा धेरै अनुदानयुक्त मुलुकको मेवा उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम मेवा उत्पादन हुन नसक्दा यसको आयातमा उच्च वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै मेवा उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर हुने निश्चित छ । यहाँ प्रस्तुत तथ्यांकले मेवा खेतीमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक देखिन्छ ।