काठमाण्डाै – दक्षिण अफ्रिकासँगको तीन खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज बिहीवार सकिएको दोस्रो टेस्ट क्रिकेट एक पारी र एक सय ८२ रनले जितेसँगै अस्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला जितेको हो ।
पहिलो पारीमा तीन सय ८६ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारीमा दुई सय चार रन बनाउँदा सबै विकेट गुमायो । दक्षिण अफ्रिकाका तेम्बा बभुमाले सर्वाधिक ६५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले तीन, स्कट बोलान्डले दुई तथा मिचेल स्टार्क, प्याट कमिन्स र स्टेभिन स्मिथले एक/एक विकेट लिए ।&...
काठमाण्डाै – पाकिस्तानसँगको टेस्ट क्रिकेट शृङ्खला इङ्ग्ल्यान्डले 'ह्वाइट वास' गरेको छ । कराँचीमा आज मङ्गलवार सकिएको तेस्रो टेस्ट क्रिकेट आठ विकेटले जितेसँगै तीन खेलको शृङ्खला इङ्ग्ल्यान्डले 'ह्वाइट वास' गर्न सफल भएको हो ।
तेस्रो टेस्ट जित्न पाएको एक सय ६७ रनको लक्ष्य इङ्ग्ल्यान्डले आज चौथो दिनको पहिलो सेसनमा मात्रै दुई विकेट गुमाएर भेटायो । उसका बेन डकेट ८२ रनमा नटआउट रहे । पाकिस्तानका अबर अहमदले दुई विकेट लिए ।
यसअघि पहिलो खेल ७४ र दोस्रो खेल इङ्ग्ल्यान्डले २६ ...
काठामाण्डाै – वेस्ट इन्डिजसँगको टेस्ट क्रिकेटको शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज आइतवार सकिएको दोस्रो टेस्ट चार सय १९ रनले जितेसँगै अस्ट्रेलियाले दुई खेलको शृङ्ख्ला 'ह्वाइट वास' सहित आफ्नाे पक्षमा पारेको हो ।
अस्ट्रेलियाकाे एडिलेडमा चार सय ९७ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज ७७ रन बनाउँदा अलआउट भयो । उसका लागि टेगनारायण चन्देरपलले सबैभन्दा धेरै १७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क, माइकल नसिर र स्कट बोलान्डले तीन/तीन विकेट लिए । यस्तै नाथन ला...
श्रीलङ्कासँगको टेस्ट शृङ्खला भारतले क्लिन स्वीप गरेकाे छ । बेङ्गलाेरमा भएको दोस्रो टेस्ट आज दुई सय ३८ रनले जितेसँगै भारतले दुई खेलको शृङ्खलामा क्लिन स्वीप गरेकाे हाे ।
भारतले दिएको चार सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का दुई सय आठ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक एक सय सात रन बनाए । यस्तै कुशल मेन्डिजले ५४ रन जाेडे । बलिङतर्फ भारतका रवीचन्द्रन आश्विनले चार र जसप्रित बुमराहले तीन विकेट लिए ।
दोस्रो इनिङ्समा भारतले तीन सय तीनमा नाै विकेट गुमाएकाे अवस्थामा इनिङ्स समाप्तिको घोषणा ग...
काठमाण्डाै – बङ्गलादेशसँगको टेस्ट शृङ्खला पाकिस्तानले जितेको छ । आज बुधवार सकिएको दोस्रो टेस्ट एक इनिङ्स र आठ रनले जितेसँगै दुई खेलको शृङ्खला पाकिस्तानले दुई–शून्यले जितेको हो । पहिलाे टेस्ट पाकिस्तानले आठ विकेटले जितेकाे थियाे ।
दोस्रो पारीमा बङ्गलादेशले दुई सय पाँच रनमात्रै बनाउन सकेपछि खेल पाकिस्तानले जितेको हो । बङ्गलादेशका लागि शाकिब अल हसनले ६३, मुशफिकर रहिमले ४८ र लिटन दासले ४५ रन बनाए । बलिङतर्फ पाकिस्तानका साजिद खानले चार विकेट लिँदा शाहीन अफ्रिदी र हसन अलीले एक–एक विकेट लिए । ...
काठमाण्डाै – भारत र इङ्ग्ल्यान्डबीच स्थगित भएको पाँचौँ तथा अन्तिम टेस्ट आउँदो वर्षको जुलाईमा हुने भएको छ । इङ्ग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले आज शुक्रवार यसको जानकारी दिएको हो ।
यी दुई टाेलीबीचकाे पाँचाै टेस्ट जुलाई १ देखि ५ सम्म एजबास्टनमा हुने भएकाे हाे ।
म्यानचेस्टरमा हुने तय भएको यो निर्णायक खेल सुरु हुनुअघि कोरोना महामारीका कारण स्थगित गरिएको थियो । ईसीबीले विज्ञप्तिमा भनेको छ, ‘इङ्ग्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्टको तालिका फेरि निकालिएको छ र यसको आयोजना आउँदो वर्षको जुलाईमा ...
काठमाण्डाै – भारत र इङ्ग्ल्यान्डबीच म्यानचेस्टरमा आज हुने भनिएको पाँचौँ टेस्ट कोभिड–१९ सङ्क्रमणका कारण रद्द भएको छ ।
ओल्ड ट्राफर्ड स्टेडियममा आजदेखि पाँचौँ र अन्तिम टेस्ट हुने तय भएको थियो तर क्याम्पमा कोभिड–१९ सङ्क्रमण फैलिने डरका कारण खेल रद्द गरिएको बीबीसीले जनाएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को आपसी सहमतिमा खेल रद्द गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बताएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार गएको बुधवार ...
काठमाण्डाै - विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । खेल इङ्ल्यान्डको साउथ ह्याम्प्टनमा दिउँसो सवा तीन बजे सुरु हुनेछ । पहिलो विश्व टेस्ट च्याम्पियनसिपको ट्रफी आफ्नो देशले जित्ने दुवै टोलीले दाबी गरेका छन् । विश्व वरीयतामा न्युजिल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् ।
दुई वर्षअघि सुरु भएको टेस्ट च्याम्पियनसिप अन्तर्गत भारतले १७ खेलमा १२ खेल जितेको थियो भने न्युजिल्यान्डले ११ खेलमा सात खेल जितेको थियो । च्याम्पियनसिपको उपाधि जित्ने टोलीले १६ मिलियन अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाउनेछ ।
पाकिस्तान क्रिकेट टिमले न्युजिल्याण्ड टुरका क्रममा तीन खेलको टी २० सिरिज र दुई खेलको टेस्ट सिरिज खेलिसकेको छ। जसमा टी २० सिरिजमा न्युजिल्याण्डले २-१ ले जित निकाल्यो भने आज सम्पन्न दोस्रो टेस्टमा जित निकाल्दै टेस्ट सिरिज क्लिन स्वीप गर्यो।
न्युजिल्याण्डले पाकिस्तानलाई पहिलो टेस्ट १०१ रनले हराएको थियो। दोस्रो टेस्टको सुरुमा…