चिनियाँ सामारिक नीतिको भू-राजनीतिक पराकम्पन

विपिन देव: चीनको आर्थिक प्रगति विश्व समुदायका लागि एउटा अनुपम उदाहरण भएको छ । भू-मण्डलीकरण र खुला अर्थतन्त्रको प्रचूर मात्रामा उपयोग र उपभोग गरेर चीन एउटा महाशक्तिको रुपमा उभिएको छ । सोभियत रुस जस्तो कम्युनिष्ट सिद्धान्त र दर्शनलाई अरु देशहरूमा प्रत्यारोपण गर्ने चिनियाँ नीति रहेको छैन । तर चीनको परराष्ट्रनीतिबाट विश्व समुदाय प्रभावित देखिन्छ । […]

सम्बन्धित सामग्री

चिनियाँ लगानीका कारण पदबाट बर्खास्त गरिएको श्रीलंकाका पूर्वराष्ट्रपतिको दाबी

कोलम्बो– श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’ जिम्मेबार रहेको दाबी गरिएको पुस्तक विमोचन गरेर बिहीबार आफ्नो बर्खास्तीको लामो मौनतालाई अन्त्य गरेका छन् ।  टापु मुलुक श्रीलंकाको अहिलेसम्मको सबैभन्दा खराब आर्थिक संकटमा महिनौँसम्म सडक र विरोध प्रदर्शनपछि सन् २०२२ मा प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपक्षेलाई अस्थायी निर्वासनमा […]

चीन–भारत सीमा तनावको भू–राजनीतिक

सन् २०१७ देखि नै चीन–भारतबीच सीमा तनाव बढिरहको छ । सन् २०१७ को डोक्लम विवादलाई मत्थर गर्न चिनियाँ कूटनीति नै सक्रिय देखिन्थ्यो । यसको कारक तत्वका रूपमा संघाई सहयोग संगठनको बैठक थियो । अर्थात् चीनको आयोजना गरेको संघाई सहयोग संगठनको बैठकलाई सफल बनाउन मोदीको उपस्थिति अनिवार्य थियो । तर, वर्तमान अवस्था फरक देखिन्छ । संघाई […] The post चीन–भारत सीमा तनावको भू–राजनीतिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीन–यूरोपेली यूनियन कटुताको भू–राजनीतिक असर

भर्खरै यूरोपेली यूनियनका अध्यक्ष उजुला फन डेर लेयेनले यूरोपेली यूनियनको अवधारणा सार्वजनिक गरेकी छिन् । आफ्नो चहकिलो र गहकिलो वाक्पटुताको माध्यमले चीन र रसियाको गठबन्धनलाई अप्राकृतिक भनेकी छिन् । लेयेनले राष्ट्रपति सी चिनफिङको नीतिलाई कटाक्ष गर्दै चीनले प्रजातान्त्रिक मूल्य, मान्यता र मानव अधिकारलाई मानर्मदन गर्दै रसियालाई भरथेग गरेको समेत आरोप लगाएकी छिन् । चीन यूरोपेली यूनियनको सबभन्दा ठूलो व्यापारिक साझेदार भए तापनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र सी चिनफिङको सामीप्य यूरोपेली यूनियनलाई पाच्य भएको छैन । लेयेनले चीनको प्रगतिको प्रशंसा पनि गरेकी छिन् । सन् १९७८ देखि ९ प्रतिशत विकास दर हासिल गर्दै ८०० मिलियन जनतालाई गरिबीको रेखामुनिबाट उकास्न चीन सफल भएको छ । तर चीनले आफ्नो आक्रामक नीतिबाट सम्पूर्ण छिमेकीहरूलाई चिन्तित बनाएको छ । पूर्वीय चीन सागर र दक्षिण चीन सागरमा चीनले आफ्नो सैन्य दबदबा बढाएको छ । चिनियाँ सैन्य भण्डारण भएका लडाकु पानी जहाजले मलेसिया, फिलिपिन्स, इण्डोनेसियाको तटबन्धीय इलाकामा अन्तरराष्ट्रिय सामुद्रिक कानुन विपरीत पसेर आफ्नो हैकम जमाएका छन् । यूरोपेली यूनियनकी अध्यक्ष लेयेनले चीनले गलवान घाँटीमा भारतलाई सैन्य दबाब दिएर आफ्नो साम्राज्यवादी सोच बढाएको उल्लेख गरेकी छिन् । उनको अभिव्यक्तिलाई विश्वका चर्चित छापाखानाहरूले यथेष्ट ठाउँ दिएका छन् । राष्ट्रपति सीको रसिया यात्रालाई पश्चिमा सञ्चार गृहले निन्दा गरेका छन् । राष्ट्रपति सीको राजनीतिक र आर्थिक सिद्धान्तमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केवीन रुडले राष्ट्रपति सीको नीतिलाई आफ्नो कालजयी पुस्तक ‘द अनएभोयाडेवल वार’ बाट आलोकित गरेका छन् । केविन रुडले राष्ट्रपति सीको आक्रामक नीतिलाई चिनियाँको आन्तरिक राजनीति र अर्थनीतिसँग जोडेर व्याख्या गरेका छन् । कोरोनाको कहरलगत्तै चीनको अर्थव्यवस्था शिथिलतातर्फ गएता पनि चीनले त्यसलाई स्वीकार गरेको छैन । चीनको आक्रामक नीतिले गर्दा यूरोप, अमेरिका, आसियान लगायत भारतसँगको चिनियाँँ व्यापारको परिधि साँघुरो हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । चिनियाँ कम्युनिष्ट पार्टीमा आफ्नो दबदबालाई बढाउन सीले सन् २०४९ मा चीनलाई संसारको सबभन्दा ठूलो शक्तिशाली राष्ट्रको रूपमा उभ्याउने मार्गचित्र प्रस्तुत गरेका छन् । चिनियाँ जानकार केवीन रुडले राष्ट्रपति सीको नीतिलाई प्रश्नको घेरामा राखेका छन् । सन् २०१३ बाट शुरू भएको रेशम मार्गको ५ ट्रिलियन अमेरिकी डलरको भीमकायी परियोजनाबाट समेत विश्व अर्थव्यवस्थालाई नकारात्मक रूपले प्रभावित गरेका छन् । हालसम्म रेशम मार्ग परियोजनामा १४७ मुलुकहरू सहभागी भएका छन् । चीनको चर्को ब्याज दर, गरीब मुलुकहरूमा विद्यमान भ्रष्ट्राचारको सञ्जाल र चिनियाँ कम्पनीहरूको एकल निर्णयले गर्दा संसारका धेरै मुलुकहरू चीनको ऋणको पासोमा फसेका छन् । यसमा अफ्रिका र एशियाका देशहरू धेरै रहेका छन् । जाम्बियादेखि भेनेजुलासम्म, अर्जेन्टिनादेखि बेलारुससम्म, श्रीलंकादेखि पाकिस्तानसम्म चिनियाँ ऋण पासोमा रहेका छन् । सन् २०१९ देखि सन् २०२१ सम्म चीनले १०४ बिलियन अमेरिकी डलर ऋण प्रवाह गरेर ऋणको पासोमा रहेका मुलुकहरूलाई उकास्न प्रयास गरेको छ । राष्ट्रपति सीको घरेलु नीतिलाई पनि केवीन रुडले प्रश्नको घेरामा राखेका छन् । सिङ्च्याङ क्षेत्र मानव अधिकारमा भइरहेको मानमर्दन पनि पटक पटक सञ्चारमा सम्प्रेषन भएको छ ।      राष्ट्रपति सीको अष्ट्रेलिया नीति पनि आलोच्य रहेको छ । कोरोनाको कहरमा अष्ट्रेलियाले विश्व स्वास्थ्य संगठनमा आवाज उठाउँदा चीनले प्रतिवाद गर्दै अष्ट्रेलियन वस्तुको आयातमा करको दायरा बढाएको थियो । अष्ट्रेलिया चिनियाँ नीतिबाट रुष्ट भई बेलायत र अमेरिकासँग अक्सको सम्झौता गरेको छ । आफ्नो सुरक्षा बजेटमा अभिवृद्धि गर्दै बेलायत र अमेरिकाको सहयोगमा आणविक पनडुब्बी जहाजका लागि सम्झौता गरेको छ । क्वाडमा अष्ट्रेलिया  सहभागी हुनुका प्रमुख कारण चीनसँगको कटुता नै हो । क्वाडमा भारत, अष्ट्रेलिया, जापान र अमेरिका आबद्ध रहेका छन् । हुन त क्वाडलाई सैनिक गठबन्धनको रूपमा स्वीकार गरिएको छैन । तर क्वाड सम्बद्ध राष्ट्रहरू संयुक्त रूपमा बारम्बार सैनिक अभ्यास गरिरहेका छन् । राष्ट्रपति सीको ताइवान नीति अमेरिका लगायत पश्चिमा जगत्को लागि ठूलो चासो रहेको छ । ताइवानले लिथुनियामा लगानी गरिरहेको छ । ताइवान र लिथुनिया बीच भइरहेको आर्थिक कारोबारप्रति चीनको आपत्ति रहेको छ । ताइवान चीनको भूभाग रहेको चिनियाँ सरकारले घोषणा गरेता पनि ताइवानी सरकारले स्वीकार गरेको छैन । ताइवानले आफ्नो वितरण प्रणालीलाई विस्तार गर्न वा चीनप्रति आर्थिक निर्भरतालाई घटाउन लिथुनियामा लगानी गरेको ताइवानको दृष्टिकोण रहेको छ । अर्को शब्दमा भन्ने हो भने अमेरिका, यूरोपेली युनियन, जापान, भारत, अष्ट्रेलियालगायत प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरू बीच व्यापक गठबन्धन भइरहेको छ भने चीन, रसिया, इरान, पाकिस्तानलगायत अन्य मुलुकहरूको पनि गठबन्धन बढिरहेको छ । मध्य एशियामा पनि चीनको भूमिका उल्लेख्य रहेको छ । साउदी अरेबिया र इरानको बीच निकटता र सम्झौता गराएर चीनले आफ्नो पकड र पहुँचलाई प्रष्ट पारेको छ । रसिया–युक्रेन युद्धको बाछिटाबाट संसारका गरीब मुलुकहरूको अर्थतन्त्र डगमग भइरहेको अवस्थामा शक्ति केन्द्रहरूको ध्रुवीकरण गठबन्धन र गठजोडले मानव संवेदनालाई आत्मसात् गरेको छैन । अमेरिकी पूँजी र यूरोपेली प्रविधिलाई प्रचुर मात्रामा प्रयोग गर्दै चीन सफलताको शिखरमा पुगेता पनि राष्ट्रपति सीको नीतिले विश्व व्यवस्थालाई प्रभावित गरेको छ । चीनको प्रगतिको कारण नै पश्चिमा बजार र पश्चिमा पूँजी भएकोले गर्दा चीन र यूरोपेली यूनियनको कटुताले दुईवटै अर्थतन्त्रलाई नकारात्मक ढङ्गले प्रभावित गर्न सक्दछ । लेखक विश्वमामिलाका अध्येता हुन् ।

सकियो चिनियाँ आर्थिक शताब्दी

चिनियाँ नेताहरू उदीयमान पूर्व र ओरालो लाग्दै गरेको पश्चिमको मान्यताको उनीहरूको नीतिमा टासिँदै आएका थिए । तर, चीन पहिले नै उनीहरूको यो मान्यताबाट गलत भइसकेको छ । चीनको घट्दो जनसांख्यिकी लाभ र आर्थिक सबलताबीचको अन्तर र विस्तारित रणनीतिक महत्वाकांक्षाले एक भू–राजनीतिक जोखिमको अवस्था सिर्जना गरेको छ । जनवरीमा चीनले आधिकारिक रूपमै गत वर्ष आफ्नो मुलुकको […]

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं कँग्रेसको भू-राजनीतिक महत्व

विपिन देव: चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं कँग्रेस गत १५ अक्टुबर २०२२ बाट सुरू भएको छ । एक साता चल्ने उक्त सम्मेलनको महत्व विश्व सञ्चार माध्यमले अनवरत रूपमा विश्लेषण र संसलेषण गरिरहेको छ । २३०० प्रतिनिधिहरूको सहभागिता रहेको उक्र वृहत सम्मेलन हरेक पॉच वर्षमा हुने गर्दछ । खास गरेर चीनिया कम्युनिष्ट पार्टीको सदस्य हुनु चीनिया समाजको […]

चिनियाँ सुरक्षा चासो, वाम एकीकरण र भूराजनीति

काठमाडौँ- आर्थिक सामर्थ्य र वैचारिक भिन्नताले समर्थन गरेको विशुद्ध अस्थिर संसारमा भू-राजनीतिक “टग-अफ-वार” को भूलभुलैयाले आर्थिक रूपमा कमजोर देशहरूको अस्तित्वलाई तरबारको धारमा ल्याइदिएको छ। अमेरिका-चीन सम्भावित द्वन्द्वको बारे ग्राहम एलिसनको “थ्युसिडाइड्स ट्र्याप” मा बढ्दो शक्तिले जहिले पनि पेलोपोनेसियन युद्ध जस्तै युद्धलाई अपरिहार्य बनाउँदै यथास्थितिवादी शक्तिलाई चुनौती दिन्छ। अन्त्यमा साना शक्ति तथा कमजोर आर्थिक हैसियत भएका […]

सी रणनीतिको भू-राजनीतिक पराकम्पन

विपिन देव: चिनियाँ राष्ट्रपति सी को राजनीतिक र कूटनीतिक नीतिको बारेमा अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केविन रूङले अक्सफ्रोड विश्वविद्यालय शोध गर्दै विद्यावारिधी समेत गरेका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका रूङले चारवर्षे शोधमा चीनिया राष्ट्रपतिको राजनीतिक र कूटनीतिक प्रस्तावनाका वारेमा चिरफार गर्दै एक चर्चित किताव “एभोयाडयवल वार” समेत प्रकाशित गरेका छन् । पुस्तक सार्वजनिक हुन वितिकै […]

चिनियाँ कम्युनिष्ट पार्टीको सामरिक नीतिको भू-राजनीतिक महत्त्व

रसिया युक्रेनको युद्धको कहरबाट संसार आक्रान्त छ। नयॉ समीकरण, नयॉ गठबन्धन र नयॉ गठजोड विश्व रंगमञ्चमा मन्चन भइरहेको छ। रसिया–युक्रेनको युद्ध आउने दिनहरूमा समाप्त भएता पनि ताइवान पनि युद्धको “हट स्पट” हुनसक्ने जानकारको आकलन रहेको छ। चिनियाँ रणनीति र चिनियाँ सामरिक अभ्यासको बारेमा विश्वमा व्यापक अनुसन्धान र अध्ययनसमेत भइरहेको छ। चीनको बारेमा पश्चिमा भाष्यको माध्यमबाट […]

‘चिनियाँ विश्व व्यवस्थाका लागि तयार होऊ’

२०२२ को शुरुआतसँगै विश्व भू-राजनीतिक मानचित्रमा कसको पल्लाभारी होला भनेर विभिन्न अड्कलबाजी शुरु भएका छन्। सन् २००८ को वित्तीय संकटपछि विश्व राजनीति निकै चामत्कारिक ढंगबाट अगाडि बढिरहेको छ र यसलाई कोभिड-१९ ले थप बल पुर्‍याएको छ। १९८० को दशकमा शुरु भएको विश्वव्यापीकरण र यसले निर्माण गरेको अमेरिकी एकल विश्व-व्यवस्थामा क्रमिक धाँजा फाट्दै विस्तारै दुई वा […]