५८० वर्षको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण आज, नेपालबाट देखिन्छ ?

 यसपटकको चन्द्र ग्रहणले एक विशेष संयोग ल्याएको छ । नासाको वेबसाइट अनुसार यो आंशिक चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ । जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण हो । नेपाली समय अनुसार यो ग्रहण दिउँसो हुनेछ, त्यसै कारण यो नेपालमा देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन । नेपाली समयानुसार दिउँसो १:०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४:३२ बजेसम्म देखिने जनाइएको छ ।भारतका ज्योतिषाचार्य पण्डित मनिश शर्माका अनुसार जहाँब

सम्बन्धित सामग्री

सकियाे चन्द्र ग्रहण

काठमाडाैं । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलवार) साँझ ५ः११ मा शुरू भएको ग्रहण बेलुका ६ः३४ मा सकिएको हो । अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्ट्रेलियाबाट समेत […]

यस्ताे देखियाे चन्द्र ग्रहण

काठमाडाैं । चन्द्र ग्रहण नेपाल र भारतमा देखिन सुरु भएकाे छ । नेपाली समयानुसार चन्द्र ग्रहण साँझ ५ बजेर ११ मिनेटबाट सुरु भएकाे हाे । भारतकाे अरुणाचल प्रदेश कोलकाता, कोहिमा, पटना, पुरी, रांचीमा पूर्ण चन्द्र ग्रहण देखा परेको छ। पूर्ण चन्द्र ग्रहण बेलुका ६ बजेर ३४ मिनेटमा समाप्त हुनेछ।

आजको चन्द्रग्रहण सबैभन्दा लामो

काठमाडौं, मंसिर ३ । शुक्रबार (आज) सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लागेको छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लागेको थियो । शुक्रबार दिउँसो १ बजेर ३ मिनेटबाट अपराह्न्न ४ बजेर ३२ मिनेटसम्म लागेको चन्द्र ग्रहणले चन्द्रमाको ९७ प्रतिशत भाग ढाकेको थियो । यसअघि सन् १४४० को […]

आज लाग्ने चन्द्रग्रहणको सुतक बार्नु नपर्ने ?

काठमाडौं । आज शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दैछ । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्ने भएको हो । नेपाली समयानुसार दिउँसो १ बजेर ३ मिनेटमा लाग्ने चन्द्रग्रहण अपराह्न ४ बजेर ३२ मिनेटसम्म देखिनेछ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा […]

५८० वर्षपछि मंसिर ३ गते लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण, कतिबेर रहन्छ ?

काठमाडौँ – आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दै छ । यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत […]

मंसीर ३ गते ५८० वर्षयताकै लामो चन्द्रग्रहण लाग्‍ने

३० कात्तिक, काठमाडौं । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ […]

किन विशेष छ बुधबारको चन्द्र ग्रहण ?

११ जेठ, काठमाडौं । मे २६ बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ । यस विषयमा जानकारी दिँदै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भनेको छ ‘२६ मे मा चन्द्रमाको पूरै भाग पृथ्वीको […]

यो बर्षको पहिलो चन्द्रग्रहण यस्तो छ सुतककालको मिति र समय र असर

काठमाडौ । चन्द्र ग्रहण भन्नाले एक आकाशीय अवस्थालाई जनाउँछ । जब चन्द्रमामा पृथ्वीको पछाडि आफ्नो छाया आउँदछ । त्यो बेला ग्रहण भनिन्छ । जब सूर्य, पृथ्वी र चन्द्र क्रममा लगभग सीधा रेखामा अवस्थित हुन्छन् त्यो बेला चन्द्र ग्रहण भनिन्छ । ग्रहणलाई ज्योतिष विज्ञानमा एक प्रमुख खगोलीय घटनाको रूपमा हेरिन्छ । जो सबै १२ राशिमा र... The post यो बर्षको पहिलो चन्द्रग्रहण यस्तो छ सुतककालको मिति र समय र असर appeared first on Purbeli News.

शुक्रवारको चन्द्र ग्रहण किन छ विशेष ?

सन् २०२० को पहिलो ग्रहण चन्द्र ग्रहण यही हप्ता अर्थात पुस २५ गते शुक्रवार लाग्दैछ । यो चन्द्र ग्रहण पुस २५ गते राति १०ः५२ बजेदेखि प्रारम्भ हुनेछ र राति २ः५७ बजेसम्म चल्ने छ । अर्थात्, …

यस्तो देखियो काठमाडौंबाट खग्रास चन्द्र ग्रहण

१७ माघ, काठमाडौं । आज पूर्ण चन्द्र ग्रहण लागेको छ । नेपाल पञ्चांग निर्णयक समिति अनुसार साँझ पाँच बजेर ५५ मिनेटमा देखिएको खग्रास चन्द्र ग्रहण ८ बजेर ५७ मिनेटमा सकिएको छ । आज चन्द्रमालाई जुन अवस्थामा देखिएको छ, त्यसलाई सुपर ब्लु मुन भनिएको छ । आफ्नो कक्षमा चक्कर लगाइरहेको बेला एक समय …