काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन्। हाल क्यारेबियन लिग क्रिकेट (सिपिएल)का लागि वेस्टइन्डिजमा रहेका लामिछानेले क्यानसँगको फोन वार्तामा आफू निर्दोष रहेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताए।उनले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको र प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी