बजेट निर्माणको चटारो

भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधिलाई सबैलाई खुसी पार्ने बजेट ल्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ प्रदेश र संघको निर्वाचन पनि यही बर्ष हुने भएकाले पनि लोकप्रिय (वितरणमुखी) बजेट कसरी बनाउने भन्नेमा जनप्रतिनिधिको ध्यान केन्द्रित भएको पाइन्छ। यतिबेला स्थानीय ...

सम्बन्धित सामग्री

कलाकारलाई तीज गीत निर्माणको चटारो

काठमाडौं । गायिका राधिका हमाल सोमबार अनामनगरको एक स्टुडियोमा तीज गीत रेकर्ड गराउँदै थिइन् । उनले पाँच गीत रेकर्ड गराइन् भने अन्य केही पनि तयारीमा छन् । विगतको एक सिजनमा ५३-५४ गीत रेकर्ड गराएकी उनी अहिले मुश्किलले हातको औंलामा गन्न सकिने संख्यामा गीत रेकर्ड गराउँदै छिन् । मोडल तथा कोरियोग्राफर शंकर बिसीलाई म्युजिक भिडियो छायांकनका […]

आन्तरिक आयवृद्धि, उत्पादन र रोजगार केन्द्रित नीति तथा बजेटको माग

संघीय सरकार र प्रदेश सरकारले आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याएसँगै स्थानीय तहमा बजेट निर्माण चटारो सुरु भएको छ । असार १० गते अनिवार्य नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने प्रावधाननुसार स्थानीय तहमा बजेट निर्माणको चटारो सुरु भएको हो स्थानीय तहले बजेटलाई जनमुखी बनाउन बस्तीस्तर हुँदै, सामाजिक सञ्जाल तथा भौतिक रूपमै भेला गरेर सुझाव संकलन […]

काठमाडौंका सडकमा बजेट सक्ने चटारो : कतै खनिँदै, कतै टालिँदै [फोटो फिचर]

काठमाडौं । कतै सडक खनिँदैछ त कतै कंक्रिटलगायतका सामग्री बिछ्याइँदैछ । कतै भने ढल निर्माणको काम हुँदैछ । काठमाडौंको न्युरोड, असन, इन्द्रचोकलगायत क्षेत्रमा बिहीवार यस्तै दृश्य देखियो ।  आर्थिक वर्ष सकिन दुई महीना मात्रै बाँकी रहँदा ती क्षेत्रमा धमाधम सडकसँगै ढल निर्माण योजना अघि बढेको छ । यी क्षेत्रमा दुई साताअघि निर्माणको काम शुरु भएको स्थानीय बताउँछन् ।  यसो त यी क्षेत्रमा मात्रै अहिले योजना निर्माणको काम अघि बढेको होइन, अन्य ठाउँमा पनि यही प्रवृत्ति छ । नेपालमा आर्थिक वर्ष सकिन लाग्दा हतारहतार काम गरेर बजेट सिध्याउने गरिन्छ ।  आर्थिक वर्षको अन्तिम समयमा सम्पन्न गरिएको योजना गुणस्तरीय नहुने जानकारहरू बताउँछन् । तर, यसतर्फ सरोकारवाला निकायले चासो नदिने गरेको आम सर्वसाधारणको गुनासो छ ।  यसरी हतारहतार सम्पन्न गरिएका योजना दिगो नहुँदा वर्षेनि खर्च गरिएको बजेट 'बालुवामा पानी' भइरहेको छ ।

भरतपुरमा निर्माणको चटारो

चितवन । यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ । धेरै सडक बनिरहेका छन् भने ठूला पूर्वाधार आयोजनाका काम धमाधम भइरहेका छन् ।

बुढीगंगामा चुनावी चटारो, केन्द्रीय नेताहरुको दौडधुप

देशका ७५३ नगरपालिका मध्ये ७५२ पालिकामा विकास निर्माणको योजना तय गर्ने र बील भरपाइ भुक्तानी गर्न भ्याइनभ्याइ छ। किसानलाई असारे कामको व्यस्तता छ। तर बाजुराको बुढीगंगा नगरपालिकामा भने नेकपा एमाले र नेपाली काँग्रेसलाई चुनावी चटारो छ। नेताहरु यतिबेला चुनाव केन...

स्थानीय तहलाई योजना संकलनको चटारो

स्थानीय तहलाई बजेट निर्माणको चटारो सुरु भएको छ । टोल भेलाले वडालाई योजना बुझाएका छन् । वडा कार्यालयले प्राथमिकता छुट्याएर ती योजना पालिकालाई बुझाउने अन्तिम तयारीमा छन् ।

बजेट निर्माणको चटारो, दैनिक ३ ओटा मन्त्रालयसँग बजेट छलफल गर्दै अर्थ मन्त्रालय

बैशाख ८, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणलाई तीव्रता दिएको छ ।  १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहीवारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ । १३ बैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहीवारबाट कार्यान्वयन शुरु गरिएको छ । बिहीवार बिहान ९ बजे सहरी विकास मन्त्रालय, दिउँसो १ बजे खानेपानी मन्त्रालय र दिउँसो ४ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरिएको छ । सबै बैठकमा योजना आयोगको उपस्थिति अनिवार्य गरिएको छ । हरेक दिन बिहान नौ बजे, दिउँसो एक बजे र चार बजेलाई बैठक राखिएको छ । शुक्रबार, ९ बैशाखमा ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग बैठक राखिएको छ ।  आइतबार, ११ बैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिलाा तथा सामान्य प्रशाशन मन्त्रालयसँग बैठक राखिएको छ । सोमबार, १२ बैशाखमा बन तथा बाताबरण मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग बैठक राखिएको छ । मंगलबार, १३ बैशाखमा संचार तथा सूचना प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल राखिएको छ । बिषय बिज्ञ र सर्वसाधारणबाट सुझाव संकलन सम्पन्न १ चैतदेखी औपचारिक रुपमा अर्थ मन्त्रालयले बजेट निर्माण प्रक्रियाका लागि सुझाव संकलन शुरु गरेको थियो । त्यसयता कृषि, भौतिक पूर्वाधार, खेलकुद, महिला, दलित, बित्तीय संघीयता, बैंक, बित्तीय संस्था र बिमा, अर्थबिद्, निजी क्षेत्र, युवा तथा बिद्यार्थी, शिक्षालगायतका क्षेत्रसँग सरोकारवाला तथा बिज्ञसँग छलफल गरी सुझाव संकलन सकिएको छ ।  त्यस्तै भौतिक रुपमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि टोल फ्रिी नम्बर ११३८ बाट ७ बैशाखसम्म सुझाव संकलनको व्यवस्था मिलाइएको थियो । टोल फ्रि नम्बर ११३८ बाट पनि उत्साहजनक रुपमा सुझावहरु प्राप्त भएका छन् ।

स्थानीय सरकारलाई बजेट निर्माणको चटारो

कैलालीका स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट असारमा सार्वजनिक गर्नेगरी स्थानीय तहहरू बजेट बनाउने काममा जुटेका हुन ।

भरतपुरमा निर्माणको चटारो

यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ ।