मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी बर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ । सो दिन उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो ।