पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले जुम्लामा आरन पेसा लोप हुँदै गएको छ। विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको १० वर्षदेखि सो पेसामा सक्रिय जुम्लाको तिला गाउँपालिका–७ का उमेश नेपालीले बताए।