कम्युनिष्ट सरकारको भण्डाफोरदेखि एमसिसीको भ्रम चिर्नेसम्म

 काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन केन्द्रीय एकमहिने अभियान सुरु गरेको छ। ‘घर-घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत फागुन २९ देखि चैत २९ सम्म १ महिनाको लागि चुनावी अभियान सुरु गर्न लागेको प्रवक्ता प्रकाशशरण महतले बताए। एकमहिने अभियानमा कम्युनिष्ट नेतृत्वमा केपी ओलीले सञ्चालन गरेको ३ वर्षे कार्यकालको भण्डाफोर गर्नेदेखि अमेरिकी सहयोग परियोजना एमसिसीबारे जनतामा पर्न गएको नकारात्मक भ्रमलाई चिर्नेसम्मको योजना लि