‘त्यो निकै दूर्लभ क्षण थियो, हामी मैदानमा उत्रिँदै थियौँ। पहिलो फाइनलमा पुगेपछि उपाधि जित्ने लक्ष्य स्वाभाविक थियो। तर, घरेलु टिमविरुद्ध हामीले स्वाभाविक खेल खेल्न सकेनौँ, हामी फराकिलो अन्तरले पराजित भयौँ। हारेपछि रातभर रोएको थिँए। अहिले पनि त्यो फाइनल सम्झिँदा आफैँप्रति ग्लानी लाग्छ। मलाई त्यो जित्न नसकेको फाइनलको जीवनभर पछुतो भइरहेको छ’, आफ्नो सयौँ जन्मदिन मनाएपछि […]