काठमाडौं : सरकारले स्थानीय तहबाट नै राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरू गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालयमा विवरण संकलन हुँदै आएको थियो।वडा कार्यालयमा नै विवरण संकलन भएपछि रातभर लाइनमा बस्न बाध्य भएका सेवाग्राही उक्त झन्झटबाट मुक्त हुने भएका छन्। अहिले काठमाडौं जिल्लाका ५ वटा नगरपालिका र देशभरका अन्य २८ वटा स्थानीय तहबाट यो सेवा सुरु भएको छ। हेर्नुहोस् फोटो