कहिले हुने हामी ! तिमी
मान्छेजस्तै मान्छे ?
बस बन्द गर अब तिम्रा बजारिया रंगीन सपनाहरू
बरु पल्टाएर हेर आफ्नै श्यामश्वेत जिन्दगी
र उठ परिवर्तनको इन्द्रेणी उडान भर्न
जहाँ सात रङ मात्रै हैन,
हजार रङहरूलाई लामबद्ध गर्नु छ ।
र बाँच्नु छ मर्नुअगाडि मान्छे भएर ।