अनियन्त्रित डढेलो तथा विनासकारी बाढीका कारण विश्वका विभिन्न देश प्रभावित भएको परिवेषमा जलवायु सम्बन्धी महत्वपूर्ण अध्ययनलाई निष्कर्ष दिन अनुसन्धानकर्ताहरु छलफलमा जुट्दै छन्। इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपीसीसी) ले सन् २०१३ विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको अवस्थाका सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्दैछ। सोही अध्ययनको निष्कर्ष तय गर्नका लागि विश्वभरका वैज्ञानिकहरु छलफलमा जुट्न लागेका हुन्। […]