कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द

काठमाडौं । कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्याल बन्द गर्न थालिएको छ । बेदकोट नगरपालिकाले आज बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो । गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने हुनाले लामो बिदाबाट मिलाउने गरी बिदा दिइएको नगरपालिकाले जनाएको छ । यस्तै, भीमदत्त नगरपालिकाले पनि मंगलबारदेखि चार दिनका लागि निजी तथा सामुदायिक […]

सम्बन्धित सामग्री

अत्यधिक गर्मी बढेपछि धनगढीमा विद्यालय बिदा

कैलाली । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले विद्यालय बिदा दिएको छ । उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले जारी गरेको […]

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द

अत्यधिक गर्मी बढेपछि बिहीबारदेखि बुटवलका विद्यालय दुई दिनका लागि गरिएको छ । बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मी बढेको, तातो हावा चल्न थालेको र विद्यार्थी बिरामी पर्न सक्ने भन्दै दुई दिनका लागि विद्यालय बन्द गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो ।

गर्मी बढेपछि मन्थलीका निजी विद्यालय बन्द

केही दिनदेखि अत्यधिक गर्मी बढेपछि रामेछापको सदरमुकाम मन्थलीमा रहेका तीन वटा निजी विद्यालयले जेठ मसान्तसम्मका लागि पठनपाठन बन्द गराएका छन्।  गर्मी बढ्दै जाँदा सदरमुकाम मन्थलीको तापक्रम करिब ४० डिग्री सेल्सियस पुगेको...

भैरहवामा गर्मी बढ्यो, एक साता विद्यालय बन्द

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन गर्मी बिदा दिएको छ । भैरहवा क्षेत्रमा अत्यधिक गर्मी भई विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले एक साता बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ। नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयद्वारा जारी सूचनामा वर्षे विदाबाट कट्टी गर्ने गरी मंगलबारदेखि साउन ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा दिने निर्णय भएको उल्लेख छ। पछिल्लो हप्ता भैरहवामा अत्यधिक गर्मी बढेपछि सर्वसाधारणको जनजीवन समेत

बाँकेमा अत्यधिक गर्मी : विद्यालयमा थप तीन दिन विदा

अब ५ असारमा मात्रै विद्यालय खुल्ने बाँकेका तीन वटा पालिकाले विद्यालयमा गर्मी विदा थप गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले गर्मी विदा तीन थप गरेका हुन् ।...

अत्यधिक गर्मी बढेपछि बर्दियाको जनज्योति माध्यमिक विद्यालय ३ दिन बन्द

काठमाडौं । बर्दियाको श्री जनज्योति माध्यमिक विद्यालय आजदेखि ३ दिन गर्मी बिदा दिने भएको छ । पछिल्लो समय गर्मी अत्यधिक बढेको भन्दै विद्यालयले ३ दिन गर्मी बिदा दिने भएको हो। मंगलबार विद्यालयले एक सूचनाजारी गर्दै आजदेखि असार ३ गतेसम्म बिदा दिइएको जनाएको छ। ठाकुरबाबा नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने शिक्षा, युवा तथा खेलकुद शाखाले […]

कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी : विद्यालय धमाधम बन्द गरिँदै

कैलाली : सुदूरपश्चिमको तराइका जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ। गर्मी बढेसँगै विद्यालय पनि धमाधम बन्द गर्ने क्रम चलेको छ। दुई जिल्लाका आधा दर्जन बढी स्थानीय तहहरूले विद्यालय बन्द गरेका छन्। गर्मीका कारण विद्यार्थी बिरामी हुने गरेको भन्दै स्थानीय तहहरूले मातहतका विद्यालयहरू केही दिनका लागि बन्द…

गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णय

अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण जेठ २६ देखि ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा गर्न हुन अनुरोध गरिएको छ ।

गर्मी बढेपछि कैलाली गोदावरीका विद्यालय बन्द गर्ने निर्णय

कैलाली । अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण जेठ २६ देखि ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा गर्न हुन अनुरोध गरिएको छ […]