खाडीबाट फर्केर गाउँमै बाख्रापालन, मेहनत गरे पैसा कमाउन पर्दैन जान मुगलान

लमजुङ – सुन्दरबजार नगरपालिका ९ धारापानीका नवराज अधिकारीले पाँच वर्षसम्म मध्य मर्स्याङ्दीमा जागिर खानुभयो । उहाँलाई जागिरको कमाइले घरखर्च धान्न सजिलै भएको थियो । तर काम सकिएपछि उहाँलाई घरखर्च चलाउन पनि सकस भयो । त्यसैले उहाँले पैसा कमाउन विदेश जाने निर्णय गर्नुभयो । आफ्नोसँगै घरपरिवारको सुख–खुसीको सपना आँख...

सम्बन्धित सामग्री

खाडीबाट फर्केर गाउँमै बाख्रापालन, मेहनत गरे पैसा कमाउन पर्दैन जान मुगलान

लमजुङ – सुन्दरबजार नगरपालिका ९ धारापानीका नवराज अधिकारीले पाँच वर्षसम्म मध्य मर्स्याङ्दीमा जागिर खानुभयो । उहाँलाई जागिरको कमाइले घरखर्च धान्न सजिलै भएको थियो । तर काम सकिएपछि उहाँलाई घरखर्च चलाउन पनि सकस भयो । त्यसैले उहाँले पैसा कमाउन विदेश जाने निर्णय गर्नुभयो । आफ्नोसँगै घरपरिवारको सुख–खुसीको सपना आँखाभरी सजाएर उहाँ परदेशिनेको भिडमा मिसिनुभयो । पराइ देश : दुःख ज्यादा, कमाइ कम, रमेन मन २०६६ सालमा साउदी अरब पुग्नुभएका नवराजले चार वर्षसम्म मरुभूमिमै श्रम गर्नुभयो, पसिना बगाउनुभयो । परा...

डाँडापाखा, गाउँबेंसी, शहर रोयो दाजै

चुहिसक्यो खरको छानो घर रोयो दाजै, डाँडापाखा, गाउँबेंसी, शहर रोयो दाजै । धन कमाउन हिँडे सबै जन्जाल बिर्सिएर, मुगलान पस्ने जमातको लहर रोयो दाजै । सिस्नु उम्रियो टार बारीमा बाँझो गैरी खेत, धाउनै छाडे खोलानाला नहर रोयो दाजै । जंघार तर्दै नुनको भारी बोक्ने चलन गयो, भाँचिएर जाँदा तोक्मा, ढाकर रोयो दाजै ।उर्लिएर खहरेले नछोई दिँदा किनारालाई,  हिउँद वर्षा आसैआसमा बगर रोयो दाजै ।