आफू सहभागी कार्यक्रमको ८० लाख खर्च छानबिन गर्न मन्त्री आलेको माग

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू सहभागी कार्यक्रममा खर्च भएको ८० लाख रुपैयाँको छानबिन गर्न माग गरेका छन्।आलेले बेलायतमा आयोजित विश्व पर्यटन मेलाको कार्यक्रममा जाँदा खानेकुरा समेत आफूले किनेको बताउँदै तत्काल छानबिन गरेर कारबाही गर्नुपर्ने माग गरेशुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले उक्त माग गरेका हुन्।आफूले यसबारे बोर्डका कार्यकारी अधिकृत (सिइओ) लाई कति खर्च भयो भनेर सोधेको समेत खुलासा गरे।मन्त्री आलेले भने, ‘खानास

सम्बन्धित सामग्री

बोर्डका सिईओप्रति मन्त्रीको आक्रोश, ‘यस्ता साँढेलाई सिईओ बनाएपछि संस्था चल्छ ?’

मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । उहाँले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो ।

म्याग्दीमा ९३३ भूमिहीन पहिचान

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा ९३३ जना भूमिहिनको पहिचान भएको छ । सदरमुकाम बेनीमा शुक्रवार आयोजित ‘भूमि सम्बन्धी समस्या समाधान’ विषयक कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष खुमबहादुर बानियाले जिल्लामा स्थानीय तहले प्रमाणीकरण गरेर भूमिहीन र अव्यवस्थित बसोवासी ९३३ जनाको सिफारिश भएर आएको जानकारी दिए । भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेहरूको निवेदन अनुसार स्थानीय तहको समन्वयमा जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउने योजनासहित भूमिहीनको ऐन नियम र कार्यविधि अनुसार कार्य सम्पादन गरिरहेको अध्यक्ष बानियाले बताए । आयोगमा आएको निवेदन अनुसार भूमिहीनको प्रमाणीकरण, नापजाँच, छानबिन, कार्यसम्पादन गरी स्वामित्व स्रेस्ता र नक्साको काम सम्पन्न गर्ने योजना रहेको बानियाले जानकारी दिए । नियमित बैठक, अभिमुखीकरण, अमिन र सर्वेक्षणको तालिम, अनगमन, स्थानीय तहसँग बैठक, समीक्षा लगायत गतिविधि गर्ने कार्ययोजना तयार गरिएको बताए । ६ स्थानीय तहसँगको सम्झौता अनुसार पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडासचिव अभिमुखीकरणमार्पmत तथ्यांक संकलन तथा कार्यप्रगतिबारे जानकारी लिने काम पहिलो वर्षमा भएको आयोगका सदस्य दिवाकुमारीले पुनले जानकारी गराइन् । यसैबीच, सडक, शिक्षा खानेपानी स्वास्थ्य, शिक्षा लगायत सरकारी सुविधा प्राप्त हुने गरी भूमिहीनलाई जग्गा उपलब्ध गराउन पालिकाका जनप्रतिनिधिले माग गरेका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीले वार्षिक प्रगति तथा आगामी कार्ययोजना प्रस्ततु कार्यक्रममा धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले सरकारी सुविधा लिन सहज हुनेगरी भूमिहीनलाई जग्गा उपलब्ध गराउन आग्रह गरिन् । आयोगको १८ लाख ३० हजार रुपैयाँ बजेटमध्ये ११ लाख ८० लाख खर्च भएको छ । कार्यक्रममा अध्यक्ष पुनले सबै मिलेर छिटोछिटो भन्दा जग्गा व्यवस्थापनमा भएको समस्या समाधान गर्न सुझाव दिइन् । त्यस्तै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले परिवारलाई वाससँगै खेतीयोग्य जमीनको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले आयोगको समिति, जनप्रतिनिधि, मालपोत, नापी र डिभिजन वन कार्यालयको समन्वयमा वडास्तरबाटै समन्वय हुनुपर्ने धारणा राखिन् ।