संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएकाे प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन् । आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने छन् । सांसद प्रेम सुवाल, दुर्गा