काठमाडौं : कात्तिक दोस्रो हप्तापछि हलमा दर्शकको चाप क्रमश: घट्दो क्रममा छ। ‘महापुरुष’पछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले दर्शक तान्न नसकेपछि हलमा चाप घट्दै गएको हो।यति वेला प्रदर्शनरत फिल्ममध्ये सबैभन्दा बढी दर्शकको उपस्थिति भने ‘महापुरुष’ र कन्नड फिल्म ‘कान्तारा’मा देखिएको छ।दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘महापुरुष’का अधिकांश शोमा अझै पनि ८० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको छ भने ‘कान्तारा’मा पनि दर्शकको उपस्थिति २० देखि